Logo

अर्थनीति

कसले भड्काउँदैछ शिक्षक आन्दोलन् ? सरकारले डेढ घण्टा कुर्‍यो तर उनीहरू वार्तामा गएनन् !


gdpnepal
   २२ चैत्र २०८१, शनिबार


काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ ।
शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।


डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् ।


उनले भनिन्,‘सरकार लचिलो भएर प्रश्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौं तर उहाँहरु आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौं । उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौं ।’


उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् ।


‘मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔं,’ उनले भनिन्, ‘सबैलाई तीन बजे उपस्थित हुन भनेका हौं । वार्ताका लागि मन्त्रालय सँधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौं ।’

प्रकाशित : २२ चैत्र २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह