Logo

अर्थनीति

शिक्षक आन्दोलन चर्काएर अराजकता मच्चाउने योजनामा माओवादी अध्यक्ष प्रचण्ड


gdpnepal
   २४ चैत्र २०८१, सोमबार


काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड शिक्षक आन्दोलन चर्काएर अराजकता मच्चाउने योजनामा लागेका छन् ।

शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न उनले आइतबार सार्वजनिक रूपमै अपिल  गरे ।

आफू डेढ वर्षसम्म प्रधानमन्त्री रहँदा शिक्षकहरूका माग सम्बन्धमा सिन्को समेत नभाँचेका प्रचण्ड अहिले भने तिनै शिक्षकको बलमा अराजकता मच्चाएर स्वार्थको रोटी सेक्न उद्यत देखिएका छन् ।

प्रचण्डले आवश्यकता परेमा संसद्को विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा विधेयक पारित गर्ने भन्दै ललिपप देखाएका छन् । 

‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिट्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं 

चैत २० गतेदेखि नेपाल शिक्षक महासङ्घको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन् । 

उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

 

प्रकाशित : २४ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह