काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३.४४ अंकले घटेर दुई हजार ६६६.६१ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ८, होटल तथा पर्यटन ३०, हाइड्रोपावर १७, जीवन बीमा २३, माइक्रोफाइनान्स ४ र अन्य उपसमूह १४ अंकले घटेको छ । फाइनान्स १५, निर्जीवन बीमा १६, उत्पादन १०९ र व्यापार उपसमूह ३२ अंकले बढेको छ ।
आज बाराही हाइड्रोपावरको सेयर झण्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्यारेन्सको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२१ कम्पनीको एक करोड ६ लाख कित्ता सेयर ५ अर्ब ३० करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया