Logo

बिजनेस होम

क्यानकै कारण विमानस्थल चलेन, डिजी नहटाए भैरहवाका व्यवसायीले आन्दोलन गर्ने !


gdpnepal
   २४ चैत्र २०८१, सोमबार


भैरहवा । भैरहवाका व्यवसायीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई कारबाहीको माग गरेका छन् ।

सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार विज्ञप्ति जारी गर्दै क्यानका डिजी अधिकारीलाई कारबाही गर्न माग गरेको हो ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पटक पटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्ति बाधक बनेको व्यवसायीको ठहर छ । 

डिजी अधिकारीकै कारणले गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालन ले निरन्तरता पाउन नसकेको सञ्जालले जनाएको छ ।

”उहाँले पटक पटक दिएका नकारात्मक अभिव्यक्तिप्रति सिद्धार्थ सञ्जाल रुपन्देही घोर आपत्ती र भर्त्सना गर्दै यथासिघ्र उहालाई कारवाहीको माग गर्दछौँ” अध्यक्ष  अनिल कुमार ज्ञवाली र संयोजक चन्द्र प्रकास श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा यस बिषयमा नेपाल सरकार नागरीक उड्ययन प्राधिकरण सहितको ध्यानाकर्षण गराउदै यथासिघ्र डिजीलाई कारवाही गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल वाट नियमित उडान सुचारु गर्नका माग गरिएकोछ । 

डिजी नहटाइए शान्तिपूर्ण आन्दोलनमा जान वाध्य हुने उल्लेख छ ।

 

प्रकाशित : २४ चैत्र २०८१, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह