खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १२ हजार ३४० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा एक लाख २३ हजार ४०० कित्ताको लागि १८ लाख ८३ हजार ११८ वटा आवेदन परेको थियो । आइपीओमा रितपूर्वक आवेदन दिएका १७ लाख ८३ हजार ७४ जना गोला प्रथामा समावेश थिए ।
कम्पनीले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
सेयर बाँडफाँडको रिजल्ट प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट बाट हेर्न सकिन्छ ।
प्रतिक्रिया