नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको जनाएको छ । यस्तै, कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक रहेको बताइएको छ ।
‘सुपर लघुवित्तको २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरूपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको र प्राथमिक पुँजी कोष अनुपात १०।३१ प्रतिशतले ऋणात्मक भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
प्रतिक्रिया