Logo

बैंक / बिमा /शेयर

सगरमाथा र माइखोला हाइड्रोपावरले ७४ करोडको आईपीओ निष्कासन गर्दै, बोर्डमा दिए आवेदन


GDP नेपाल
   २४ भाद्र २०७९, शुक्रबार


सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । यी दुई कम्पनीले ७४ लाख ९ हजार ५६८ कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग गरेका हुन् ।

सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ भने माइखोला हाइड्रोपावर कम्पनीले १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।

दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : २४ भाद्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह