Logo

मुख्य समाचार

आजदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने


GDP नेपाल
   २९ भाद्र २०७९, बुधबार


आजदेखि दसैँ तिहारका लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाइने भएको छ। उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउनेछन् ।

नयाँ नोट नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट लिन मिल्ने छ ।प्रतिव्यक्तिले ५,१०,२०,५० र १०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने बैंकले जनाएको छ । त्यस्तै, सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्नेछन् ।

प्रकाशित : २९ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह