पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल हायातले चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १८ करोड ८० लाख रुपैँया खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ३ करोड ५० लाख रुपैँया नोक्सानीमा रहेको थियो ।
यस्तै, कम्पनीको जम्मा आम्दानी ८५ करोड रुपैयाँ रहेको छ भने सञ्चालन आम्दानी ७० करोड रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४४ करोड १६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ११३ रुपैँया ६४ पैसा पुगेको छ । साथै, प्रतिसेयर कुल सम्पतिको मूल्य १७२ रुपैँया ७१ पैसा छ ।
प्रतिक्रिया