Logo

Banner-news

दसैंको मुखमा घट्यो खाने तेलको मूल्य


GDP नेपाल
   २ आश्विन २०७९, आइतबार


दसैंको मुखमा खाने तेलको मूल्य घटेसँगै प्रयोगकर्ताहरुले राहत पाएका छन् ।

सरकारले कच्चा तेल आयात गर्दा लाग्ने भन्सार दर घटाएसँगै खाने तेलको मूल्य घट्न थालेको हो । सरकारले भदौ २३ मा राजपत्र जारी गर्दै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिएको थियो ।

यस्तै यसअघि सूर्यमुखी, भटमास, तोरी, रायो, लगायतका वस्तुको दानानै आयात गर्दा ५० प्रतिशत रहेको भन्सार छुट पनि बढाएर सरकारले ९० प्रतिशत बनाएको थियो ।

एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । त्यस्तै, २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्यूनतम् २१८ रुपैयाँसम्म झरेको छ ।

जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटे पनि नेपाल खुद्रा व्यापार संघले भने पुरानै मूल्य सार्वजनिक गरेको छ । संघले शुक्रबार पठाएको विवरणअनुसार तोरीको तेलको मूल्य प्रतिलिटर मूल्य ३७०, भटमासको तेलको मूल्य २५५ रुपैयाँ र सूर्यमुखी तेलको मूल्य २९५ रुपैयाँ रहेको छ ।

प्रकाशित : २ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह