Logo

मुख्य समाचार

अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन


GDP नेपाल
   ५ आश्विन २०७९, बुधबार


काठमाडौं महानगरपालिकाले अनुमतिबिना होर्डिङ बोर्ड र डिजिटल बोर्ड नराख्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै उपत्यका भित्र अनुमति नलिएका र अनुमतिको अवधि सकिएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन निर्देशन दिएको हो ।

‘असोज ५ गतेबाट अनुमतिबिना बाह्य विज्ञापन सञ्चालन नगर्नरनगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ। त्यस्तै, नियम उल्लंघन गरेर विज्ञापन सञ्चालन गरेको पाइएमा नगर प्रहरी बल लगाएर हटाउने चेतावनी दिइएको छ।

महानगरले उच्च अदालत पाटनले निषेधाज्ञाको मुद्दामा ३० भदौमा दिएको आदेशका आधारमा यस्तो सूचना जारी गरिएको बताएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह