Logo

अर्थनीति

महासंघद्वारा ब्याजदर वृद्धिको निर्णय स्थगनको माग


GDP Nepal
   ५ आश्विन २०७९, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक वित्तीय संस्थाहरूद्वारा गरिएको ब्याजदर वृद्धिको निर्णयप्रति आपत्ति जनाएको छ ।

असोज एक गतेदेखि लागु हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासंघले यसलाई फिर्ता लिन माग गरेको छ ।

यस निर्णयले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि वाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुने महासंघको भनाइ छ ।

महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराएको हो ।

“बढदो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ,” महासंघले भनेको छ ।

आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्ने उल्लेख गर्दै महासंघले अर्थतन्त्र सुंकचित हँुदै जांदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको उल्लेख गरेको छ ।

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था भएको स्मरण गराइएको छ ।

“विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ,” महासंघले भनेको छ, “तर, पछिल्लो निर्णयले व्याज दरमा अस्थिरता हँुदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ ।”

विगतमा ब्याजदर बढदैमा निक्षेप नबढेको उदाहरण पनि स्मरण गराएको छ ।

“यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आंकलन गर्न सकिन्छ,” विज्ञप्तिमा भनिएको छ ।

अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सम्पूर्ण सबै सरोकारवाला समक्ष माग गरेको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह