Logo

बैंक / बिमा /शेयर

पौड्याल जीएभीबीको एसिया प्रशान्त प्रतिनिधि


appharu
   १९ बैशाख २०७५, बुधबार


काठमाडौं, १९ वैशाख । ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजले (जीएबीभी) आफ्नो एसिया प्रशान्त क्षेत्रको प्रतिनिधिका रूपमा बैंकर उपेन्द्र पौड्याललाई चयन गरेको छ ।

नेसनल बैंकिङ इन्स्टिच्युट, नेपालका निर्देशक पौड्याल हाल नबिल बैंकको सञ्चालक समिति सदस्य छन् । उनी एनएमबी बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् भने हाल अनुभवी बैंकरका रूपमा चिनिन्छन् ।

पौड्यालकै नेतृत्वमा गत वर्ष नेपालमा ग्लोबल अलाएन्स फर बैंकिङ अन भ्यालुजको सम्मेलन भएको थियो । त्यतिबेला उनी नेपाल बैंकर्स संघका अध्यक्ष थिए ।

पौड्याललाई संस्थाले एसिया प्रशान्त क्षेत्रको प्रतिनिधिका रूपमा छनोट गर्दै नेदरल्याण्डमा प्रधान कार्यालय रहेको गैर नाफामुखी स्वतन्त्र संस्थाले एसिया प्यासिफिक च्याप्टरको प्रतिबद्धता र गतिविधिहरूको सहजीकरण गर्ने र यस क्षेत्रमा सञ्जाल विस्तार गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

जीएबीभीका सदस्य बैंकहरू समुदाय र नागरिकप्रति गहन रूपमा प्रतिबद्ध हुन्छन् । यी बैंकहरू सीमित व्यक्तिहरूका लागि उच्च महत्व राख्ने उत्पादनहरूमा भन्दा बृहत् संख्यामा व्यक्तिहरू लाभान्वित हुने बैंकिङ उत्पादनहरू समावेश गर्नमा केन्द्रित छन् ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह