गोरखाको शहीद लखन गाउँपालिकाले पालिकाभित्रका अगुवा किसानलाई प्राङ्गारिक मल बनाउने तालिम प्रदान गरेको छ ।
गाउँपालिकाको अर्गानिक उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पालिकाभित्रका ७१ अगुवा किसानलाई तालिम दिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । “रासायनिक मलको प्रयोगबिना गाउँमा खेतीपाती नै नहुनेजस्तो अवस्था भइसक्यो”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले अब किसानलाई प्राङ्गारिक मलको प्रयोग गर्न प्रेरित गर्नुपर्छ भन्ने उद्देश्य तालिम सञ्चालन गरिएको हो ।”
तालिम तथा अभिमुखीकरण कार्यक्रममा पालिकाभित्रका नौ वटै वडाका अगुवा किसानको समेटिएको उहाँले बताउनुभयो । रासायनिक मलको प्रयोग बढ्दै जाँदा माटो पनि बिग्रदैँ जाने र उत्पादनसमेत विस्तारै घट्दै जाने अवस्था आएको भन्दै गाउँपालिकाले कृषकलाई प्राङ्गारिक मलको प्रयोगमा जोड दिन तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताउनुभयोे ।
“रासायनिक मलको क्षणिक उत्पादन दिए पनि दीर्घकालीन रुपमा यसको प्रयोग फाइदाजनक हँुदैन, उहाँले भन्नुभयो, “अब अर्गानिक उत्पादन बढाउन रासायनिक मलको प्रयोगलाई घटाउँदै प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गर्न खोजिएको छ ।” तालिममा एग्रीटेक मल्टीनेशल प्रालिका सञ्चालक डा विष्णुबहादुर थापाले किसानलाई प्राङ्गारिक मल बनाउने विधि र प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराउनुभएको थियो । तालिममा सहभागी किसानले तालिमबाट सिकेको कुरालाई व्यवहार लागू गर्ने बताएका छन् । यदि तपाईं सुपरक्लोनको लागि बजारमा हुनुहुन्छ Replica Rolex , सुपर क्लोन रोलेक्स जाने ठाउँ हो! नक्कली रोलेक्स घडीहरूको सबैभन्दा ठूलो संग्रह अनलाइन!
प्रतिक्रिया