Logo

कर्पोरेट-बजार

वार्षिकोत्सवमा हातिलको अफर


appharu
   १९ बैशाख २०७५, बुधबार


काठमाडौं– बंगलादेशको विख्यात फर्निचर ब्रान्ड हातिलले नेपाल प्रवेशको पहिलो वार्षिकोत्सवको अवसर पारेर प्रबर्द्धनात्मकअफर सार्वजनिक गरेको छ । अफर एक महिना चल्ने छ ।

सन् २०१७ को अप्रिल ३० मा अखिल ट्रेडिङ कन्सर्न प्रा. लि.सँगको साझेदारीमा नेपालमा हातिल ब्रान्ड फर्निचरको बिक्री सुरु भएको थियो । अखिल ट्रेडिङ नेपालका लागि हातिलको अधिकृत बिक्रेता हो । आधुनिक डिजाइन र अत्याधुनिक उत्पादन युनिटका कारण ख्याति कमाएको हातिलले नेपालमा पनि स्लिम र स्मार्ट फर्निचरमा छोटो अवधिमै नाम कमाइसकेको छ ।

वार्षिकोत्सव अफरको एक हिस्साको रुपमा हातिलले सबै प्रकारका फर्निचरमा २० प्रतिशतसम्म छुट घोषणा गरेको छ । यसबाहेक ग्राहकले बेडरुम सेट खरिदमा एउटा फेब्रिक स्ट्यान्ड सित्तैमा पाउने कम्पनीले जनाएको छ । तीन लाखभन्दा माथिको खरिदमा ग्राहकले एउटा गिफ्ट भौचर पाउने छन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा हातिलको सोरुम छ । यो अफर १८ वैशाखदेखि १७ जेठसम्म लागू हुनेछ ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह