Logo

अर्थनीति

निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्का ललितपुर–३ बाट उम्मेदवार


GDP Nepal
   २४ आश्विन २०७९, सोमबार


काठमाडौं । निर्यात व्यवसायी अमृत खड्काले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

नेपाल निर्यात व्यवसायी महासंघका महासचिव खड्का फेल्ट एशोसिएसन नेपालका निवर्तमान अध्यक्षसमेत हुन् ।

उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो ।

खड्का विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन गाउँ विकास समिति अध्यक्ष रहेका खड्का त्यसयता भने व्यवसायमा सक्रिय थिए ।

कल्पना क्राफ्टका सञ्चालक खड्का मुलुकको निकासी व्यापारको प्राविधिक पक्षबारे सूक्ष्म अध्येता र सफल व्यवसायी पनि हुन् ।

ऊनी फेल्टजन्य उत्पादन निकासीसँगै मुलुकभित्र रोजगारी सिर्जना गर्ने खड्काले आफू निर्वाचित भए निकासी क्षेत्रको समस्या र सम्भावनाबारे नीतिगत क्षेत्रमा रहेर काम गर्ने बताएका छन् ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह