Logo

अर्थनीति

निर्यात व्यवसायी महासंघ उपाध्यक्ष दुर्गाविक्रम थापा काठमाडौं–३ बाट उम्मेदवार


GDP Nepal
   २४ आश्विन २०७९, सोमबार


काठमाडौं । निर्यात व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा विक्रम थापाले काठमाडौं क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

थापा पश्मिना नेपाल पश्मिना उद्योग संघका निवर्तमान अध्यक्षसमेत हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

वि.सं २०२५ मा सिन्धुलीको गोलञ्चौर गाउँपालिकामा जन्मिएका थापा विगत दुई दशकदेखि पश्मिना व्यवसायमा संलग्न रहँदै आएका छन् ।

व्यवसायको सुरुवाती दिनमा गलैँचा उत्पादन तथा निर्यातको अनुभव समेत हासिल गरिसकेका थापा स्थापित पश्मिना उद्योगीको रुपमा परिचित छन् ।

व्यवसायको सुरुवाती दिनमा कार्पेट फ्याक्ट्रीलाई धागो सप्लाई गर्ने कार्यदेखि आफैं उत्पादन, आफैंले मार्केटिङ र निर्यात लगायतका काम गर्दै अघि बढेका थापा मुलुकको राजनीतिमा इमानदारिता र क्षमतावान व्यक्तिहरुको अभाव देखिएको भन्दै केही समययता राजनीतिमा सक्रिय हुन खोजिरहेका थिए ।

थापाले सिन्धुली जन्मथलो भए पनि कर्मथलो काठमाडौंमा लामो समय बिताइसकेका कारण यहिँबाट उम्मेदवारी दिएको बताए ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह