काठमाडौं । निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
गुरुङ यसअघि पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका अध्यक्षसमेत रहेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको हो ।
गुरुङ हिमालयन डेकोरका सञ्चालक हुन् । निर्यातसम्बन्धी नीतिगत लबिङका लागि उनले नेतृत्व गर्दै आएका छन् ।
उनी निर्यात व्यवसायी महासंघका संस्थापक तथा प्रथम अध्यक्ष हुन् ।
प्रतिक्रिया