Logo

मुख्य समाचार

व्यवसायी राजेन्द्र बजगाईंलाई प्रदेशसभापछि प्रतिनिधिसभामै अवसर


GDP Nepal
   २४ आश्विन २०७९, सोमबार


काठमाडौं । पर्यटन व्यवसायी राजेन्द्र बजगाईं नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नं. १ बाट उम्मेदवार भएका छन् ।

बजगाईं वि. सं. २०७४ को अघिल्लो संसदीय निर्वाचनमा गोरखा १ (ख)बाट उम्मेदवार बनेका थिए । तत्कालीन वाम गठबन्धनका उम्मेदवार रामशरण बस्नेतले १६ हजार ६५६ मत ल्याउँदा बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए ।

बजगाईं स्थापित पर्यटन व्यवसायी हुन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)को महासचिवसमेत रहिसकेका बजगाईं नेपालको होटल तथा क्यासिनो क्षेत्रमा बहुराष्ट्रिय कम्पनी भित्र्याउने व्यवसायीका रुपमा चिनिन्छन् ।

कांग्रेसका पछिल्ला दुवै महाधिवेशनमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका बजगाईंको होटल वर्णवास निर्माणको चरणमा छ ।

बजगाईं आफू व्यवसायभन्दा पहिले राजनीतिमा आएको बताउँछन् ।

“मेरो पुस्ता परापुर्वकाल देखिनै राजनीतिमा आएका थिए, नन्दलाल बोहोरादेखि नै राजनीतिमा आएका थिए,” उनी भन्छन्, “पहिले पुस्ताको आधारमा पार्टी रोजियो । पछि बुझ्दै गइयो बास्तवमा पार्टी भनेकै काँग्रेस रहेछ ।”

बजगाईंका अनुसार गाँउदेखि सुरु भएको उनको राजनीति, विद्यार्थी राजनीति विश्वविद्यालयसम्म पनि रह्यो । त्यसपछि भने उनले जिल्ला केन्द्रित राजनीति गरे ।
व्यवसायी भएर पनि राजनीतिमा किन ? भन्ने प्रश्नमा उनी भन्छन्, “राजनीति ठिक ठाउँमा नआएसम्म मुलुकको विकास असम्भव नहुने रहेछ । त्यसको लागि विकासको वहस थालनी गर्न व्यवसायी जति अरुले बुझेका हुदैंन, त्यही भएर विकासको एजेन्डालाई स्थापित गराउन म राजनीतिमा आएको हुँ ।”

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह