Logo

अर्थनीति

बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने ३ अमेरिकीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरकी अर्थशास्त्रीले पाउने भएका छन् ।

बैंक तथा वित्तीय सङ्कटबारे अनुसन्धान गर्ने रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको पुरस्कार छनोट समितिले अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका बेन एस बर्नान्के, डग्लस डब्ल्यू डायमन्ड र फिलिप एच डाइब्भिगलाई प्रदान गर्ने घोषणा गरेको हो ।

यी तीन विद्वानले वित्तीय सङ्कटमा बैंकको भूमिकाबारे निकै महत्त्वपूर्ण अनुसन्धान गरेको र सुधारका उपायसमेत दिएको बीबीसीले जनाएको छ । यिनीहरूले बैंक तथा वित्तीय संस्थाको पतन रोक्ने विषयमा पनि उल्लेख्य सुझावहरू दिएका छन् ।

यस्तै बैंक तथा वित्तीय संस्थाको पतनले राज्यको अर्थतन्त्र कसरी धराशायी हुन्छ, बचतकर्ताको लगानीलाई कसरी सदुपयोग गर्ने, ऋणको व्यवस्थापन कसरी गर्ने, ऋणी डुबेको अवस्थामा के गर्ने, बैंकको सामाजिक कार्य के हुने लगायतका कैयौँ अनुसन्धान पनि उनीहरूले गरेका नोबेल एकाडेमीले जनाएको छ ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह