वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ।
विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र जारको पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ भने एक लिटर बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका बाहिर एक लिटर बोटलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ तोकिएको छ भने जारको पानी अधिकतम खुद्रा मूल्य ६० रुपैयाँ कायम गरिएको छ ।
प्रतिक्रिया