Logo

मुख्य समाचार

गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिरसम्म लम्ब्याइयो


GDP नेपाल
   २८ आश्विन २०७९, शुक्रबार


सरकारले गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्मलाई कायम गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यी वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

देशको आर्थिक अवस्थामा सुधार नदेखिएको बताउँदै गाडी, मोटरसाइकल, तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका स्मार्ट फोनको आयातमा मंसिर २९ गतेसम्म प्रतिबन्ध लगाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो । वैशाख दोस्रो सातादेखि नै यी वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह