Logo

मुख्य समाचार

आयल निगमलाई १५ दिनमा ३९ करोड नाफा, इन्धनको मूल्य भने समायोजन नहुने


GDP नेपाल
   ३१ आश्विन २०७९, सोमबार


भारतको इन्डियन आयल कर्पोरेशन लिमिटेडले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ ।

नयाँ मूल्य सूची अनुसार नेपाल आयल निगमलाई डिजेलमा प्रति लिटर ६ रुपैयाँ ३४ पैसा र एलपी ग्यासमा ३२५ रुपैयाँ ४४ पैसा घाटा रहेको छ । त्यस्तै, पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा हुने भएको छ ।

निगमका अनुसार आगामी १५ दिनमा ३९ करोड नाफा हुने देखिएको छ । तर, निगमले यस पटक पनि इन्धनको मूल्य भने समायोजन नगर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य फेरि बढ्न थालेको र इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने रकम धेरै रहेकाले हाललाई मूल्य समायोजन नगरिने निगमले जनाएको छ ।

‘निगमको यस विषम परिस्थिति र बाध्यात्मक अवस्थालाई दृष्टिगत गरी हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

निगमले हाल पेट्रोल प्रति लिटर १८१, डिजेल र मट्टीतेल प्रति लिटर १७८ रुपैयाँ, एलपी ग्यास प्रति सिलिन्डर एक हजार ८००, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १८० रुपैयाँ र बाह्यतर्फ १.६४५  डलरका दरले बिक्री गरिरहेको छ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह