Logo

अर्थनीति

चालु पूँजी कर्जासम्बन्धी नीतिमा पुन:विचार गर्न उद्योग वाणिज्य संघ काठमाडौँको आग्रह


GDP नेपाल
   १ कार्तिक २०७९, मंगलबार


नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा उद्योग वाण्ज्यि महासंघ र जिल्ला संघसँग आबद्ध वस्तुगतका नवनिर्वाचित अध्यक्षहरुको सम्मान तथा स्वागत गर्दै शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघ उपाध्यक्ष एवं संघकाे काठमाडौका अध्यक्ष दिनेश श्रेष्ठले सहभागी वस्तुगत स‌घका नवनिर्वाचित अध्यक्षहरुलाई बधाई तथा शुभकामना सहित प्रमाणपत्र उपलब्ध गराएका थिए । कार्यक्रममा  महासंघका सदस्य तथा स‌घका उपाध्यक्ष हेमराज ढकाल र भक्त बहादुर हमालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपालको अर्थतन्त्र कठिन परिस्थितिबाट गुज्रिरहेकाले त्यसलाई ट्रयाकमा ल्याउन सिंगो निजी क्षेत्र र सरकार एक हुनुपर्ने बताए । श्रेष्ठले सरकारको असक्षमता र निती निर्माणमा बसेका व्यक्तिहरुको स्पष्ट दृष्टिकोणको अभावका कारण अहिलेको परिस्थितिको सिर्जना भएको बताए ।

यस्तै, उनले सरकार एवं नीति निर्माणमा संलग्न निकायले व्यवसायीका पिर मर्काका सवालमा उद्योग व्यवसायीका राय सुझाव लिएर मात्र निती निर्माण गर्न आग्रह गरे । त्यस्तै, श्रेष्ठले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा पुन:विचार गर्न आग्रह गरे ।

कार्यक्रममा काठमाडौँ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य हेमराज ढकालले उद्योग व्यवसायीले भोगेका समस्यामा राज्य संवेदनशील नभए अब महासंघ चुप लागेर नबस्ने बताए । उनले अब सिंगो निजी क्षेत्र एकैचोटी सडकमा उत्रनुपर्ने जनाउँदै त्यसले पार्न सक्ने समस्याका बारेमा बेलैमा सचेत हुन पनि सरोकारवालालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले जनशक्ति निकासी गरेर मुलुक कहिल्यै समृद्ध नहुने भन्दै वस्तु निकासीमा जोडदिनुपर्ने बताए । अध्यक्ष पाण्डेले अर्थतन्त्र जटिल मोडमा पुगेकाले अब तारे होटलमा हुने यस्ता कार्यक्रम बन्द गर्दै, सडकमा कार्यक्रम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले अहिलेको जटिल परिस्थितिलाई महासंघले बेवास्ता गरेको र केन्द्रिय नेतृत्वले समेत अहिलेको अवस्थालाई सामान्य वर्गबाट बुझेको आफ्ना बुझाई रहेकोले अब महासंघ नेतृत्व ब्यूझन पर्ने धारणा राखे । उनले अबको निर्वाचनमा भने अर्थतन्त्र बुझेका व्यक्तिलाई जिम्मेवारी दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल हातेकागज उद्योग संघका अध्यक्ष किरण कुमार डंगोलले महासंघ एवं जिल्ला संघले गरेको यस प्रकारको स्वागत सम्मानलाई चुनावपछि पनि निरन्तरता दिनुपर्ने बताए । उनले यसलाई चुनावी गतिविधिसँग मात्रै नजोड्न समेत आग्रह गरे ।

डंगाेलले राज्यका नितीगत तहमा बसेकाहरुले उद्योगी व्यवसायीहरुलाई खेलौनाको रुपमा हेर्ने गरेको र उद्योगी व्यवसायीहरुले दिने गरेको सल्लाह सुझावलाई केवल औपचारिकता मात्र प्रदान गरेकाले नेपालको निकासी व्यापार ओझेलमा परेको बताए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले निर्धक्कसँग आफ्ना कुराहरु राज्यका निकायसँग राख्नुपर्ने बताए । उनले नेताहरुका विगत र वर्तमानका विषयमा आम उद्यमी व्यवसायी चिरपरिचित भएकाले नीतिगत समस्याका विषयमा खुलेर आफ्नो धारणा राख्न सबै व्यवसायीहरुलाई आग्रह गरे ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भक्त बहादुर हमालले कोभिडको समयमा पनि महासंघ रातदिन नभनि मानव जीवनको रक्षामा लागि परेको स्मरण गरे । यस्तै, उनले अहिलेको पस्थितिका बारेमा नेतृत्वसँग छलफल भइरहेको बताए ।

 

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह