Logo

अर्थनीति

नेपालमा साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनीः नवीकरण भने ३१ प्रतिशत मात्र !


GDP Nepal
   १ कार्तिक २०७९, मंगलबार


काठमाडौं । नेपालमा साढे २९ खर्ब चुक्ता पुँजीका ३ लाख कम्पनी दर्ता भए पनि त्यसको एक तिहाईभन्दा कमले मात्र नियमित नवीकरण गर्ने गरेको पाइएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार यसरी नियमित नवीकरण गर्ने कम्पनीहरुको संख्या भने भने ३१ प्रतिशत मात्र रहेको छ ।

कार्यालयका अनुसार असोज ९ गतेसम्म दर्ता भएका २ लाख ९४ हजार ६२० कम्पनीको चुक्ता पुँजी भने २९ खर्ब ६२ अर्ब १० करोड १५ लाख ७८ हजार ६८० रुपैयाँ ७७ पैसा रहेको छ ।

नियमित नवीकरण गर्ने कम्पनीको संख्या अघिल्लो आर्थिक वर्षसम्म ९१ हजार ७४७ रहेको छ भने गत आवमा कर छुटका कारण २५ हजार ८६० कम्पनीले नवीकरण गराएका छन् ।

यसरी कूल दर्ता भएका कम्पनीको तुलनामा गत आवसम्ममा ३९.९१ प्रतिशतले नवीकरण गराएको कार्यालयको रेकर्डमा उल्लेख छ भने नियमित नवीकरण गराउने कम्पनीको संख्या ३१.१४ प्रतिशत रहेको छ ।

कूल कम्पनीमध्ये प्राइभेट कम्पनी (प्रालि)को संख्या सबैभन्दा बढी २ लाख ८८ हजार ५७ तथा पब्लिक कम्पनीको संख्या १ हजार ८२१ रहेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा नाफा कमाउने र नाफारहित गरी दुई प्रकारका कम्पनी दर्ता हुने गर्दछन् । जसमध्ये हालसम्म मुनाफा कमाउने कम्पनीको दर्ता संख्या २ लाख ९० हजार ३१५ र नाफारहित कम्पनीको संख्या ४ हजार ३०५ रहेको छ ।

यस्तै, कार्यालयमा दर्ता भएका वैदेशिक लगानीका कम्पनीहरुको संख्या भने १ हजार १७९ रहेको छ ।

कम्पनी स्थापनाको क्रमसँगै सेयरधनीहरुको संख्या पनि उल्लेख्य रहेको पाइएको छ । उपरजिष्ट्रार कार्कीका अनुसार प्राइभेट कम्पनीका सेयरहोल्डर नागरिककको संखय ७ लाख ४६ हजार ५२८ रहेको छ । यस्तै, दर्ता भएका कम्पनीमध्ये एकल स्वामित्वका कम्पनीको संख्या सबैभन्दा बढी १ लाख २७ हजार ३४३ रहेको छ ।

यता, सरकारले नियमित विवरण बुझाउने प्राइभेट फर्म तथा कम्पनीलाई नवीकरण शुल्कमा फेरि छुट दिने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आगामी पुस मसान्तभित्र विवरण बुझाउने कम्पनीहरुले यस्तो छुट सुविधा पाउने छन् ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह