चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा विदेशी मुद्रा आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
गत वर्षको यसै अवधिमन रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । जून अघिल्लो वर्ष ५.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई रु२ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया