Logo

सूचना/प्रविधि

अन्तत: मस्क बने ट्वीटरको मालिक


GDP नेपाल
   ११ कार्तिक २०७९, शुक्रबार


विश्वको अग्रणी माइक्रो ब्लगिङ एप ट्वीटर एलन मस्कको स्वामित्वमा आएको छ ।

मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटरको स्वामित्व खरिद गरेका हुन्। मस्कले ट्वीटरको नियन्त्रण लिएसँगै यसका शीर्ष अधिकारीहरूलाई बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएका छन् ।

बिहीबार मस्कले ट्वीट गर्दै लेखेका छन् ‘मैले ट्वीटर प्राप्ती गर्नुको कारण यो हो कि सभ्यताको भविष्यका लागि साझा डिजिटल ‘टाउन स्क्वायर’ हुनु जरुरी छ, जहाँ हिंसाको सहारा नलिइ, स्वस्थ रूपमा विश्वासको विस्तृत दायरामा बहस गर्न सकिन्छ,’ ।

यसअघि ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौताबाट पछि हटेका मस्कविरुद्ध ट्वीटरले मुद्दा हालेको थियो । अदालतले मस्कलाई अक्टोबर २८ सम्म खरिद सम्झौता गर्ने समयसीमा दिएको थियो। सोही अनुरुप उनले अदालतले तोकेको समयसीमा अगावै ट्वीटरको स्वामित्व लिएका हुन्।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह