Logo

अर्थनीति

तीन महिनाको व्यापारघाटा ३ खर्ब ५९ अर्ब, निकासी व्यापार ३६ प्रतिशतले घट्यो


GDP Nepal
   १३ कार्तिक २०७९, आइतबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा निकासी व्यापार झन्डै ३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्ममा ६५ अर्ब ५ करोड २८ लाख रुपैयाँ बराबरको निकासी भएकोमा चालू आवको सोही अवधिमा भने यसमा ३५.७१ प्रतिशतले गिरावट आइ ४१ अर्ब ८२ करोड १ लाख रुपैयाँमा सीमित भएको छ ।

निर्यातसँगै आयातमा पनि कमी आएको छ । सरकारले मुख्य वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा आायतमा १६.२० प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार असोजसम्म ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँको बस्तु आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ४ खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

आयात निर्यात दुवैमा कमी आएसँगै व्यापारघाटामा पनि कमी आएको छ । असोजसम्म ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको र यो घाटा अघिल्लो आवको तुलनामा १३.१३ प्रतिशतले कम रहेको विभागको तथ्यांक छ ।

अघिल्लो आवको सो अवधिमा व्यापारघाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ थियो ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह