Logo

अर्थनीति

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण


GDP Nepal
   १४ कार्तिक २०७९, सोमबार


काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतले रहने प्रक्षेपण गरेको छ । नेपाल विकास अपडेट सार्वजनिक गर्दै विश्व बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चालू वर्ष ५.१ प्रतिशतले वृद्धि हुने अनुमान गरेको हो ।

यस्तै, विश्व बैकले चालू आर्थिक वर्षमा नेपालमा मुद्रास्फीति ५.५ प्रतिशत रहने अनुमान गरेको छ ।

विश्व बैंकले आईएमएफभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष ४.२ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंकले पछिल्लो ५ वर्षमा कर्जा दोब्बर हुनु चिन्ताको विषय भएको जनाएको छ। विश्व बैंकले आन्तरिक र बाह्य ॠणको वृद्धिदर सुस्त हुनु पर्ने जनाएको छ ।

‘नेपालको कर्जा धेरै होइन तर पछिल्लो ५ वर्षमा ॠण दोब्बर भएको छ, जुन चिन्ताको विषय हो । सधैं ॠण लिएर मात्रै आर्थिक गतिविधि हुनु हुँदैन’, विश्व बैंककी अर्थशास्त्री एलिक ब्रुकले भनिन् , अर्थ मन्त्रालयले ॠण वृद्धिदर सुस्त हुने जनाएको छ । जुन सकारात्मक हो ।’

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह