Logo

अर्थनीति

जीडीपी सय खर्ब, प्रतिव्यक्ति आम्दानी २४ सय डलर पुर्‍याउने एमाले घोषणा !


GDP Nepal
   १५ कार्तिक २०७९, मंगलबार


काठमाडौं । नेकपा एमालेले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आगामी पाँच वर्षभित्र १ सय खर्ब पुर्‍याइने जनाएको छ ।

आसन्न संसदीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले पाँच वर्षमा मुलुकको जीडीपी दोब्बरभन्दा बढीले वृद्धि गर्ने दावी गरेको छ ।

एमालेले नेपालीको औसत प्रतिव्यक्ति आम्दानी वार्षिक ३ लाख रुपैयाँ अर्थात हालको मूल्यमा २४ सय अमेरिकी डलर पुरÞ्याइने उल्लेख गरेको छ ।

अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको घोषणापत्रमा कृषिको व्यवसायीकरण गरिने उल्लेख छ ।

यस्तै, साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने जनाइएको छ ।

पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने तथा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुरÞ्याइने उल्लेख छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह