Logo

मुख्य समाचार

अनावश्यक ब्याजदर वृद्धिको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्दै उद्योग वाणिज्य संघ काठमाडौं


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले बैंक तथा वित्तिय संस्थाले गरेको अनावश्यक ब्याजदर वृद्धिविरुद्ध शान्तिपूर्ण विरोध गर्ने भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै भोली (शुक्रबार) माइतिघरमण्डलामा ब्याजदर वृद्धिको विरोधमा शान्तिपुर्ण प्रदर्शन गर्ने जनाएको हो ।

‘बैंक तथा वित्तिय संघ संस्थाहरुले उद्योगी व्यवसायीहरुले धान्नै नसक्ने ब्याज वृद्धि तथा अर्थतन्त्रलाई नकारात्मक असर पर्ने खालका गतिविधिहरुको विरुद्ध राज्यलाई सचेत गराउन तथा नियामक निकायबाट यी अनुपयुक्त कदमहरुको यथासक्य चाँडो सम्बोधन होस् भनि ध्यानाकर्षण गराउन उपत्यका भित्र प्रदर्शन गर्न लागिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

भोली बिहान ११ बजेदेखि १२ बजेसम्म शान्तिपूर्ण मौन विरोध हुने जानकारी दिँदै संघले सबैलाई उपस्थित हुन आग्रह समेत गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह