Logo

अर्थनीति

राष्ट्रपति भण्डारी सरकारी हेलिकप्टर चढेर निजी रिसोर्ट उदघाटनमा


GDP Nepal
   २१ कार्तिक २०७९, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पछिल्लो एक सातामा दुई छुट्टाछुट्टै कार्यक्रमका लागि मुस्ताङको मुक्तिनाथ र सोलुखुम्बुको फाक्दिङ पुगिन् ।

फाक्दिङको उनको कार्यक्रम अस्पताल उदघाटन गर्ने रहे पनि मुक्तिनाथ भ्रमण भने रिसोर्ट उदघाटन गर्नु थियो ।

राष्ट्रपतिले गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ उद्घाटन गरेकी हुन् ।

दोस्रो कार्यकालको अन्त्यतिर पुगेकी राष्ट्रपति भण्डारी यसरी नेपाली सेनाको हेलिकप्टर दुरुपयोग गर्दै निजी रिसोर्ट उदघाटनमा भएपछि राजनीतिक र प्रशासनिक वृत्तमा भने चर्चाको विषय बनेको छ ।

दुई हिमाली जिल्लाका व्यापारिक कार्यक्रममा राष्ट्रपति आफैं पुग्दा एकातर्फ सेनाको हेलिकप्टरसहित मुलुकको साधन स्रोतको दुरुपयोग भएको र अर्कोतर्फ राष्ट्रपति पदकै मर्यादा र गरिमामा आँच आएको टिप्पणी सरकारी अधिकारीहरुले नै गर्न थालेका छन् ।

आम निर्वाचन नजिकिएको र मुलुकमा निर्वाचन आचारसंहिता लागू भएका बेला राष्ट्रपतिको हेलिकप्टर सयरले अप्रत्यक्ष रुपमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई फाइदा पुग्ने बताइएको छ ।
सोलुको फाक्दिङमा आइतबार भण्डारीले निजी लगानीमा स्थापित हिमालयन शेर्पा अस्पताल उदघाटन गरेकी थिइन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह