Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकका ग्राहकलाई “दराज ११ः११ अफर” मा २० प्रतिशतसम्म छुट


GDP नेपाल
   २१ कार्तिक २०७९, सोमबार


ग्लोबल आइएमई बैंकका ग्राहकहरुले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ ।

यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहनेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

 

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह