Logo

सूचना/प्रविधि

हुवावे अमेरिकी निशानामा, अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रयाश !


appharu
   १४ मंसिर २०७५, शुक्रबार


वासिङ्टन । आधुनिक सूचना प्रविधिमा लोभलाग्दो प्रगति हासिल गरिरहेका दुई चिनियाँ कम्पनी हुवावे र जेडटीई अमेरिकी निशानमा परेका छन् । अमेरिकाले हुवावेलाई उपकरण आपूर्ति गर्न नदिई सरकारी कार्यालयमा हुवावेको फोन र जेडटीई संयन्त्रमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले आफ्नो मुलुकमा मात्र नभै संसारभर यी दई प्रविधि कम्पनीका उत्पादन रोक्ने प्रयाश गरिरहेको छ । हालैमात्र नेदरल्यान्ड्सको गुप्तचर नियोगले चिनियाँ फर्मको फाइभ जी मोबाइल नेटवर्क अस्वीकार गरिसकेको छ ।

अमेरिकाले युरोपेली देशहरुमा आफ्ना मित्रराष्ट्रहरूलाई चिनियाँ फर्मको ह्यान्डसेट र उपकरण प्रयोग नगर्नका लागि मनाउने प्रयास गरेको छ । अमेरिकासँग निकट मानिएका युरोपका जर्मनी, रइटाली तथा एसियाको जापान र सिंगापुरसँग यस्तो प्रस्ताव गरिएको छ ।

अस्ट्रेलियाले केही महिनाअघि नै हुवावेको उपकरणमाथि प्रतिबन्ध लगाइसकेको छ । हुवावेले अस्ट्रेलियाको फाइभ–जी नेटवर्क बनाउने अपेक्षा गरिँदै आएको थियो ।

एफबीआईका प्रमुख क्रिस्टोफरले हुवावेका संस्थापक रेन झेङफेईले पहिचान गर्न नसकेको जासुसी हुवावेले गर्ने गरेको बताएका छन् । रेन पिपुल्स लिबरेसन आर्मीका पूर्वअधिकारी पनि हुन् ।

यता, देशको गुप्तचर नियोगले चिनियाँ फर्मको फाइभ जी मोबाइल नेटवर्क अस्वीकार गरेपछि हुवावेले न्युजिल्यान्डबाट यसको स्पष्टीकरण मागेको छ ।
यो विभागले राष्ट्रिय सुरक्षाप्रतिको चासो देखाउँदै हुवावेको फाइभ जी नेटवर्क निर्माणको प्रस्ताव अस्वीकार गरेको थियो ।

हुवावेले सन् २००५ देखि न्युजिल्यान्डमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ ।

प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह