Logo

अर्थनीति

प्रतिक्विन्टल २२६ रुपैयाँले बढ्यो धानको न्यूनतम समर्थन मूल्य


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


सरकारले चालु अर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषदको कात्तिक १६ गते बसेको बैठकले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो ।

निर्णय अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको छ । गत वर्षको तुलनामा मोटा धानको मूल्य प्रतिक्विन्टल २१५ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २२६ रुपैयाँ बढेको हो ।

यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्न ३३ करोड बजेट व्यवस्था गरेको बताइएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि छिट्टै सूचना प्रकाशन गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह