Logo

मुख्य समाचार

चन्द्रागिरी हिल्सको नाफा १ करोड ३१ लाख, १८ करोड सञ्चालन आम्दानी


GDP नेपाल
   २५ कार्तिक २०७९, शुक्रबार


चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटामा रहेको थियो ।

असोज मसान्त सम्ममा कम्पनीले १८ करोड ६४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरको छ । गत वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह