Logo

मुख्य समाचार

लिभरपुल किन्ने दाउमा भारतीय अर्बपति मुकेश अम्बानी


GDP नेपाल
   २७ कार्तिक २०७९, आइतबार


भारतीय अर्बपति मुकेश अम्बानी चर्तित इंग्लिस क्लब लिभरपुल किन्ने दाउमा रहेका छन् ।

क्लबकाे वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बिक्रीको लागि राखेपछि रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी लिभरपुल किन्ने दाउमा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मिररका अनुसार एफएसजीले लिभरपुलको बिक्री मूल्य ४ बिलियन युरो राखेको छ । 

फोर्ब्सले विश्वको आठौं धनी व्यक्तिको रूपमा मूल्याङ्कन गरेका अम्बानी करिब ९० बिलियन सम्पत्तिका मालिक हुन् । यस्तै, खेल क्षेत्रमा अम्बानीसँग पहिले नै इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज मुम्बई इन्डियन्सको स्वामित्व छ । यसका साथै उनले इन्डियन सुपर लिग पनि चलाउँछन् ।

तर, मुकेश अम्बानीले लिभरपुल किन्न चासो देखाएको यो पहिलो पटक भने होइन । सन् २०१० मा, सहारा समूहका अध्यक्ष सुब्रतो रोयसँग मिलेर रिलायन्स इन्डस्ट्रीजले लिभरपुलमा ५१ प्रतिशत सेयर खरिद गर्न चाहेको कुरा बाहिरिएको थियो । त्यसबेला लिभरपुलका प्रमुख कार्यकारी क्रिस्टेन पर्स्लोले भने उक्त हल्लाको खण्डन गरेका थिए ।

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह