Logo

सूचना/प्रविधि

१० हजार कर्मचारी कटौती गर्दै अमेजन


GDP नेपाल
   २९ कार्तिक २०७९, मंगलबार


अमेजनले करिब १० हजार कर्मचारी कटौती गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेजनले यस हप्तादेखि नै कर्पोरेट र टेक्नोलोजी क्षेत्रमा आबद्ध करिब १० हजार कर्मचारीलाई रोजगारीबाट हटाउने योजना बनाएको छ ।

यस विषयमा जानकार व्यक्तिहरुका अनुसार कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो रोजगार कटौती हुनेछ । सो कम्पनीमा कार्यरत केही कर्मचारीका अनुसार उपकरण संगठन, भ्वाइस सहायक एलेक्सा, खुद्रा डिभिजन र मानव संसाधनमा कार्यरत केही मानिसहरुलाई हटाउने कम्पनीको योजना रहेको छ ।

२०१९ को रिपोर्ट अनुसार सो समयमा अमेजनमा ७९ हजार भन्दा बढी मानिसहरुले रोजगारी पाएका थिए । यस्तै, २०२१ सम्म आइपुग्दा कर्मचारीको संख्या १०२ प्रतिशतले बढेर अमेजनमा (फूल टाईम र पार्ट टाइम) १६ लाख मानिसले रोजगारीको अवसर पाएका थिए ।

तर, जुलाई २०२१ मा सीईओको पदभार ग्रहण गरेका एन्डी जसी भने कम्पनीको सुस्त बिक्री र निराशाजनक विश्वव्यापी अर्थव्यवस्थाका कारण कर्मचारी कटौती गर्ने मुडमा देखिएका छन् । अक्टोबरमा अमेजनले प्रकाशीत गरेको तेस्रो त्रैमासिक आम्दानी रिपोर्ट अनुसार कम्पनीको नाफा खस्किएको थियो । साथै कम्पनीको सेयर समेत १३ प्रतिशत भन्दा धेरैले घटेको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह