काठमाडौं । मुलुक भित्रने र बाहिरिने रकमको तुलनात्मक अवस्था इंगित गर्ने शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको असोजसम्मको मुलुकको वित्तीय स्थिति अनुसार शोधनान्तर पहिलोपटक बचतमा रहेको हो ।
केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रहेको थियो ।
शोधनान्तर स्थिति भन्नाले के बुझिन्छ ?
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्तिरसंस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारहरूको सारांश नै शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा वाहृय क्षेत्र कारोबारबाट तरलताको प्रवाह र घाटा भएमा प्रशोचन हुन्छ ।
नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थिति सम्बन्धी विवरण मासिक रुपमा प्रकाशन गर्ने गरेको छ ।
प्रतिक्रिया