Logo

मुख्य समाचार

उद्यमी अञ्जन श्रेष्ठको प्रश्नः के हामी संकुचित अर्थतन्त्र उन्मुख हुन खोजेका हौं ?


GDP Nepal
   १ मंसिर २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेपछि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उद्यमी अञ्जन श्रेष्ठको टिप्पणीः

भुक्तानी सन्तुलन हुनु, बिप्रेसन बढ्नु, पर्यटक बढ्नु सकारात्मक।

आयात १६% घट्दा खुम्चिएको बजार , ३५% घटेको निर्यात, ब्याजदर वृद्धि र तरलता अभाबका कारण घट्दो क्रयशक्तिको कारण न्युन बन्दै गएको बजार माग र त्यसबाट श्रृजित देशको औधोगिक उत्पादनमा भएको गिरावट साथै कामदार कर्मचारीले गुमाउन सुरु भएको रोजगारीको अवस्था तथा उद्यमी व्यवसायीहरुमा छाएको नैरशयता र देशको राजश्व उठ्ती ऋणात्मक हुनु, कति सकारात्मक ?

के हामी संकुचित अर्थतन्त्र उन्मुख हुन खोजेका होऔं?
के यो नै हाम्रो वास्तविक समाधान हो?

मुलुकको अर्थतन्त्रको लागि खोजिएको यो समाधान अल्पकालिन वा दिर्घकालिन के हो?

देश,जनमानष तथा उद्यमी-व्यवसायी पिडित भएको यो अवस्था कहिले, कहाँसम्म र कसले दिने हो निकास?

समस्या समाधानको लागि आफै सचेत हुने, जागरुक हुने साथै आफै जुझारु हुनुपर्ने अवस्था आएको हो?

सचेत हुँदै जागरुक हुदै जुझारु बन्न तयार होऔं।

प्रकाशित : १ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह