Logo

मुख्य समाचार

सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल, बैंकिङतर्फ नबिल बैंक


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


आर्थिक वर्ष २०७७/७८ मा सर्वाधिक कर तिर्ने करदाता बनेको सूर्य नेपाल कम्पनीलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ ।

कर दिवसको अवसर पारेर विभागले सूर्य नेपाललाई सम्मान गरेको हो । यस्तै, व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा विजयकुमार शाह परेका छन् । जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजका अध्यक्ष समेत रहेका शाह व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् । शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् ।

त्यस्तै, नेपाल दूरसञ्‍चार कम्पनी (एनटीसी) सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ भने गोर्खा ब्रुअरीले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको छ । विभागले सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संंस्थालाई १५ विधामा सम्मान गरेको छ। निर्याततर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फूड, सहकारीतर्फ छिमेक लघुवित्त र बैंकतर्फ नबिल बैंक सम्मानित भएका छन् ।

यस्तै, सबैभन्दा धेरै कर तिर्ने रेमिटेन्ट कम्पनीको रुपमा आईएमई रेमिटेन्स सम्मानित भएको छ। वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत् कम्पनी, मध्यमस्तरीय करदाताका रुूमा नेपाल स्टक एक्सचेन्ज, बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ अस्पताल र पर्यटनतर्फ मनकामना केबलकार सम्मानित भएको छन् ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह