Logo

अर्थनीति

पछिल्लो चार महिनामा चार खर्ब ७७ अर्ब व्यापार घाटा,३३ प्रतिशतले खुम्चियो निर्यात


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिकसम्ममा नेपालको व्यापार घाटा १५.८८ प्रतिशतले घटेको छ । गत वर्षको यसै अवधिमा नेपालले ५ खर्ब ६८ अर्ब १७ करोड रूपैयाँ व्यापार घाटा ब्यहोर्नुपरेको थियो ।

गत वर्ष यही समयको तुलनामा आयात १८ प्रतिशत र निर्यात ३३ प्रतिशतले घटेसँगै व्यापार घाटामा सुधार आएको हो ।

तथ्याङ्कअनुसार चालू वर्षको ४ महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोडको रुपैयाँको आयात भएको छ । अघिल्लो वर्ष यसै समयको तुलनामा १ खर्ब १८ अर्ब रूपैयाँको आयात घटेको हो ।

यस्तै, पछिल्लो चार महिनामा नेपालको निर्यात समेत ३३ प्रतिशतले खुम्चिएको छ । गत वर्षको यही अवधिमा ८२ अर्ब १२ करोड रूपैयाँको निर्यात हुँदा यस वर्ष भने जम्मा ५४ अर्ब ७७ करोड ४३ लाख रूपैयाँको निर्यात भएको छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह