Logo

अर्थनीति

निर्माण व्यवसायीलाई फाप्यो, निर्यात व्यवसायीलाई फापेन आम निर्वाचन


GDP Nepal
   ८ मंसिर २०७९, बिहिबार


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहँदा निजी क्षेत्रमा पनि आफ्नो क्षेत्रका प्रतिनिधि कति निर्वाचित भए भन्ने चासो छ ।

हालसम्मको परिणाम हेर्दा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्माण व्यवसायीहरुले सफलता पाउने देखिएको छ । तर, निर्यात व्यवसायीहरु भने निर्वाचनमा सफल हुन सकेनन् ।

निर्माण व्यवसायीहरुमध्ये रसुवाबाट मोहन आचार्य निर्वाचित भइसकेका छन् भने चितवनबाट विक्रम पाण्डे निर्वाचित हुने पक्कापक्की जस्तै छ । यस्तै, रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम) पनि संघीय सांसद बन्ने देखिएको छ ।

प्रदेशसभातर्फ नुवाकोटबाट बहादुरसिंह लामाले पनि अग्रता लिइरहेका छन् ।

यता, निर्यात व्यवसायीमा भने निराशा छाएको छ । निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा नेपाल गलैंचा उद्योग तथा निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले प्रदेशसभा निर्वाचनमा पराजय बेहोर्नु परेको छ ।

अध्यक्ष गुरुङ तनहुँ १ (क)मा कांग्रेसका अशोककुमार श्रेष्ठसँग पराजीत भएका हुन् । उनी यसअघि सोही निर्वाचन क्षेत्रमा एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

संघका उपाध्यक्ष दुर्गाविक्रम थापा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं ३ मा उम्मेदवार रहे पनि तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । थापाले ५ हजार ८६५ मत प्राप्त गरेका छन् । उनी पश्मिना व्यवसायी संघका निवर्तमान अध्यक्ष पनि हुन् ।

संघका महासचिव एवं फेल्ट एशोसिएसन नेपालका निवर्तमान अध्यक्ष अमृत खड्का ललितपुर ३ मा उपविजेता मात्र बन्न सफल भए । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीसँग प्रतिस्पर्धा गरेका खड्काले १२ हजार ९३६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह