Logo

अर्थनीति

समानुपातिक मतमा स्वतन्त्र पार्टीलाई माओवादीले उछिन्यो


GDP Nepal
   १० मंसिर २०७९, शनिबार


काठमाडौं । मंसिर ४ गते भएको आम निर्वाचन २०७९ अन्तर्गत समानुपातिक मत संख्यामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा बढी मत ल्याएको छ ।

समानुपातिकतर्फको मत गणनामा सुरुवातदेखि नै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई शनिबारको मत परिणामसँगै माओवादी केन्द्रले उछिनेको हो ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र पार्टीले हालसम्म ७ लाख ९८ हजार ८११ मत ल्याएको छ भने माओवादी केन्द्रले ८ लाख २१ हजार ७४७ मत ल्याएको छ । यसरी स्वतन्त्र पार्टीभन्दा माओवादी झन्डै २३ हजार मतले अगाडि छ ।

निर्वाचको यो परिणाम हेर्दा माओवादी केन्द्र तेस्रो पार्टी बन्ने पक्कापक्की देखिएको छ भने स्वतन्त्र पार्टीले चौथो स्थानमै चित्त बुझाउनु पर्नेछ ।

समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले हालसम्म १९ लाख २६ हजार ६२ मत पाएको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ५८ हजार २ सय १० मत पाएको छ ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख १३ हजार ११६ तथा छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ३३ हजार ३२८ मत पाएको छ ।

प्रत्यक्षतर्फ चौथो पार्टी बनेको नेकपा एकीकृत समाजवादी भने समानुपातिकमा ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न संघर्षरत रहेको छ । यो पार्टीले हालसम्म १ लाख ७८ हजार ६६० मत पाएको छ ।

प्रकाशित : १० मंसिर २०७९, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह