Logo

मुख्य समाचार

सरकारी तथा निजी कार्यालयलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको ३५ दिने अल्टिमेटम


GDP नेपाल
   २१ मंसिर २०७९, बुधबार


काठमाडौँ महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर आफैँ व्यवस्थापन गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै सरकारी तथा निजी कार्यालयको परिसरमा नियमित सरसफाई नगरेका कारण जम्मा भएका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको बताएको छ ।

‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो । फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा ऐ। नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला’ सूचनामा उल्लेख छ ।

यस्तै, कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा नगरेमा नाम समेत सार्वजनिक गरी कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत असुल गरीने महानगरले जनाएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह