Logo

मुख्य समाचार

‘गरिखान देउ’ भन्दै सडकमा उत्रिए अटो व्यवसायी


GDP नेपाल
   २२ मंसिर २०७९, बिहिबार


नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सरकारले विगत आठ महिनादेखि गाडि आयातमा रोक लगाएर अटो व्यवसायलाई नै धरासय बनाउन खोजेको भन्दै अटोमोबाइल व्यवसायीले बिहिबार विरोध प्रदर्शन गरेका हुन् । व्यवसायीले ‘मौद्रिक नीति परिमार्जन गर’, ‘ब्याजदर नियन्त्रण गर’, ‘गरिखान देउ’ जस्ता प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएका छन् ।

नाडाका अध्यक्ष ध्रुव थापाले ५० प्रतिशत नगद मार्जिन मार्जिन हटाउनु पर्ने बताए छन् । उनले गाडी आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको बताए ।

यस्तै, अटो व्यवसायीले आफ्ना मागहरु पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

 

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह