Logo

अर्थनीति

राजस्व सचिवको हुँकार– व्यापारीलाई कीर्ते मुद्दादेखि सम्पत्ति शुद्धीकरणसम्म लाग्नसक्छ


appharu
   २० बैशाख २०७५, बिहिबार


काठमाडौं । राजस्व सचिव शिशिरकुमार ढुंगानाले आयात गर्ने व्यापारीहरूले कीर्ते मुद्दा लाग्नेगरी नक्कली बिल बनाउने गरेको खुलासा गरेका छन् । उनले म्यानपावर व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने चेतावनी पनि दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा डेढ घन्टा व्यवसायीको कुरा सुनेपछि सचिव ढुंगाना निकै कडा रुपमा प्रस्तुत भए । उनले व्यापारीहरुकै कारण सन्दर्भ मूल्यसूचिका आधारमा भन्सार लिनुपरेको भन्दै सरकारसँग माग प्रस्तुत गर्नुपहिले व्यापारीहरू सच्चिनुपर्ने बताए ।

व्यवसायीहरूबाट आएका एकपछि अर्काे माग तथा गुनासो सम्वोधन गर्दै किर्ते काम बन्द गरी व्यवसायिक स्वच्छता आफूबाटै सुरु गरी पेशागत स्वच्छता कर्मचारीबाट खोज्न आग्रह गरे ।

यस्तै, निर्यात गर्ने उद्योगमाथि पनि सरकारले पूर्णरूपमा विश्वास गर्ने अवस्था नरहेको उनले बताएका छन् । उनले निर्यातजन्य उद्योगले आयकर छल्न वास्तविक मूल्य लुकाउने गरेको भन्दै उदाहरणका रूपमा यार्सागुम्बाको कर प्रतिकिलो ५ हजार रुपैयाँका दरले मात्रै कर तिर्ने गरेकोे उदाहरण दिएका थिए । तर यसको बजार मूल्य भने प्रतिकिलो १० देखि ३० लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ ।

कार्यक्रममा ढुंगानाले व्यवसायीमाथि एकपछि अर्को विषयमा औंला ठड्याएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र ढकाललगायत मौन बसेका थिए ।

प्रकाशित : २० बैशाख २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह