Logo

Banner-news

भारततर्फ सुन तस्करीको ट्रान्जिट अब नेपाल हैन भुटान !


appharu
   २५ मंसिर २०७५, मंगलबार


काठमाडौं । नेपाली बाटोबाट अब भारतमा सुन तस्करी हुन कम भएको छ । तस्करहरुले नयाँ रुट उपयोग गर्न थालेका छन् । अर्थात अब नेपालबाट नभै भुटानबाट भारतमा सुन तस्करी हुन थालिसकेको छ ।

भुटानी पत्रपत्रिकाका अनुसार विगतमा ‘क्राइम फ्री’ भनेर नाम कमाएको भुटानको अब त्यो पहिचान बाँकी रहेन । पछिल्लो समयमा भुटान सुन तस्करीका कारण बदनाम बन्दै गएको छ । पहिले यो काम नेपालको बाटो गरी हुने गरेको थियो ।

हालैमात्र भारतको डाइरेक्टर अफ रेभिन्यू इन्टेलिजेन्स (डीआरआई) ले भुटानको बाटो गरी तस्करी गरिएको ३३.६ करोड रुपैयाँको ६६ किलोग्राम सुन जफत गरेको थियो । लखनउ, कोलकाता तथा सिलिगुडीमा गरिएको फरक फरक अपरेसनमा यो परिमाणमा सुनको जफत गरिएको हो ।

त्यसो त भुटानको बाटो गरी तस्करी भएको सुन डीआरआईले पक्राउ गरेको यो पहिलो पटक होइन । विगतका केही समयमा एजेन्सीले दर्जनौं भुटानी नागरिकलाई सुन तस्करीको अपराधमा गिरफ्तार गरेको थियो । भू–मार्गको सीमाबाट यस किसिमको कारोबार गरिँदै आएको छ । सामान्य बुझाइमा भुटान पूरै किसिमबाट अपराधमुक्त देश रहँदै आएको छ । तर, पछिल्लो केही समयमा भुटानी नागरिक पक्राउ परेपछि भारतका लागि तनाव बढ्दै गएको छ ।

२०१७–१८ मा डीआरआईले ३ हजार २ सय किलो सुन जफत गरेको थियो । यो सुन तस्करिको माध्यमबाट ल्याइने गरेको छ । डीआरआईलाई चिन्ताको विषय के छ भने धेरैजसो सुन भुटान तथा म्यानमारबाट ल्याइने गरेको छ । भारतीय अधिकारीका लागि भुटानको बाटो गरी गरिने तस्करी थप चिन्ताको विषय हुन थालेको छ ।

भुटानको बाटो गरी गरिने तस्करीको जुन घटना देखा परेको छ, यो अन्तर्राष्ट्रिय सुन तस्करीको सिन्डिकेटको संकेत भएको विषय भारतीय अधिकारीका लागि चिन्ताको विषय भएको छ ।

प्रकाशित : २५ मंसिर २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह