नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा सट्टेबाजीमा संलग्नलाई कानुनी कारवाही गर्ने भएको छ ।
हाल चलिरहेको वल्र्डकपमा बाजी राखी अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेटजस्ता विद्युतीय माध्यममार्फत भुक्तानी भएको पाइएपछि राष्ट्र बैंकले सूचना जारी गर्दै यस कार्यमा संलग्न जो कोहीलाई कानुनी कारवाही गर्ने जनाएको हो । बैंकले यस्तो क्रियाकलापमा सहभागि हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार समेत रोक्का राख्ने बताएको छ ।
‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानुनी हुन् । यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्तिरसमूहरसंस्थालाई कानुनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ’ सूचनामा उल्लेख छ ।











प्रतिक्रिया