Logo

अर्थनीति

आर्थिक सूचकमा लगातार सुधारः शोधनान्तर स्थिति २० अर्ब बचतमा, रेमिट्यान्स २० वृद्धि


GDP Nepal
   २९ मंसिर २०७९, बिहिबार


काठमाडौं । असोज महिनादेखि सुधार भएको मुलुकको आर्थिक सूचकांकमा कात्तिकमा पनि उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ ।

यस्तै, कात्तिकमा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह